Skip to content

सञ्चित नाफा धेरै गर्ने संस्थानमा नेपाल टेलिकम

काठमाडौं । अर्थ मन्त्रालयका अनुसार सञ्चित नाफा सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनी को रहेकको छ ।

टेलिकमको सञ्चित नाफा ४८ अर्ब ३ करोड २९ लाख रुपैयाँ रहेको छ । मन्त्रालयले संस्थानको बार्षिक स्थिती समिक्षा सार्वजनिक गर्दै यस्तो जनाएको हो ।

आर्थिक वर्ष २०८०÷८१ मा सार्वजनिक संस्थानको कुल सञ्चित नाफा गत वर्षको तुलनामा ४१.०३ प्रतिशतले बढेर ९२ अर्ब ७२ करोड ३६ लाख रुपैयाँ पुगेको छ।

क्षेत्रगत रूपमा हेर्दा जनोपयोगी क्षेत्रको सञ्चित नाफा सबैभन्दा धेरै ९४ अर्ब ७० करोड ८३ लाख रुपैयाँ पुगेको छ। क्षेत्रगत रूपमा सबैभन्दा धेरै सञ्चित नोक्सानी औद्योगिक क्षेत्रको २१ अर्ब ७० करोड ७७ लाख रुपैयाँ छ ।

सार्वजनिक संस्थानबाट नेपाल सरकारलाई आर्थिक वर्ष २०७९/८० मा १३ अर्ब ७५ करोड ६७ लाख लाभांश प्राप्त भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ८३ करोड ५६ लाख प्राप्त भएको
छ ।

कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०८०/८१ मा २े४ प्रतिशत रहेको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima