काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले स्रोतको अभावमा पनि खर्च बढाउने गरेर नै बजेट निर्माण सकेका छन् ।
रातभर अर्थमन्त्रीसहित उनको टिमले बजेटलाई अन्तिम रुपमा दिएको हो । स्रोतका अनुसार विद्युतीय गाडीमा अनुमान अनुसार नै कर बढेको छ । विद्युतीय गाडीको कर बढ्ने अनुमानको आधारमा गाडी बिक्रेताहरुले गाडी आयात गरेका छन् ।
यसबाहेक अर्थमन्त्रीले पूर्वसचिव रामेश्वर खनालको उच्चस्तरीय अर्थतन्त्र सुधार आयोगले दिएको सुझावअनुसार आर्थिक सुधारलाई अर्थसम्बन्धी विधेयकमा राखेको जनाएको छ । कर्मचारीको तलब बढाउने गरी सरकारले काम गरेको छ । करिब २० खर्बको आकारको बजेट ल्याउन लागेका हुन् ।
सरकारले यो पटक पनि विगतदेखि नै अत्याधिक कर लगाइएका क्षेत्रमा नै कर थप्ने तयारी गरेको छ । कर्मचारीको सुविधा केही बढ्ने घोषणा बजेटमा हुने छ।
प्रतिक्रिया दिनुहोस्