काठमाडौं । सरकारले मदिरा र बियर पिउनेको खर्च नबढाएपनि चुरोट तान्नेको भने खर्च बढेको छ ।
अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै मदिरा र बियरको कर चलाएका छैनन् । पुरानै करलाई यथावत राखेको छ ।
मदिराको करमा नचलाका मन्त्री पौडेलले चुरोटमा भने ५ प्रतिशत कर बढाएका छन् ।
मन्त्री पौडेलले फिल्टर चुरोटमा ५ प्रतिशत र फिल्टर नभएकोमा ३.५ प्रतिशत कर बढाएका छन् ।
प्रतिक्रिया दिनुहोस्