Skip to content

चेम्बर अफ कमर्सद्वारा हीरक जयन्तीको लोगो सार्वजनिक

nabil
global ime

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७५औँ वर्षिकोत्सवका अवसरमा ऐतिहासिक हीरक जयन्तीको लोगो सार्वजनिक गरेको छ ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा शुक्रबार आयोजित विशेष समारोहमा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र सल्लाहकार परिषद्का अध्यक्ष एवं हीरक जयन्ती मूल समारोह समितिका संयोजक राजेशकाजी श्रेष्ठले संयुक्त रूपमा लोगो सार्वजनिक गरे ।

मुलुकको समग्र चेम्बर अभियानको ७५औँ ऐतिहासिक वर्षगाँठका अवसरमा चेम्बरले वार्षिक रूपमा विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्ती मनाउँदैछ । हीरक जयन्तीलाई भव्यताका साथ सम्पन्न गर्नका लागि सल्लाहकार परिषद्का अध्यक्ष श्रेष्ठको सभापतित्वमा हीरक जयन्ती मूल समारोह समिति गठन गरिसकेको छ ।

निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो सस्ंथा नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिविधिलाई हीरक जयन्तीका अवसरमा उजागर गरिने हीरक जयन्ती मूल समारोह समितिले जनाएको छ ।

विसं २००७ मा स्थापना भएको चेम्बर निजी क्षेत्रको सबैभन्दा पुरानो संस्था हो । संस्थाले हीरक जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने तयारी भएको सल्लाहकार परिषद्का अध्यक्ष श्रेष्ठले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima