Skip to content
Prabhu

रूसी प्रविधिको राइड सेयरिङ एप नेपालमा सञ्चालन, प्रयोगकर्ता र यात्रुलाई के छन् फाइदा ?

काठमाडौं । नेपालमा रूसी प्रविधि कम्पनी यांगोको राइड सेयरिङ सेवा सुरु गरेको छ ।

नेपालमा यो प्रविधि भित्र्याउन इ–ड्राइभ नेपाल, उपाय, नेपाल फ्लिट प्लान अन पर्फेक्शन, दोस्ती राइड सेवा, डिप एग्रो टुरिज्म एन्ड हस्पिटालिटी, किम एडभेन्चर र इलेभर मार्केटिङ लगायतले संयुक्त लगानी गरेर सञ्चालन गरेका छन् ।
नेपालमा यांगोको प्रविधि मात्रै प्रयोग हुनेछ । सेवा विस्तारका लागि यी कम्पनीले लगानी गरेका छन् । हाल नेपालमा यांगोले नेपालमा ट्याक्सीमाण्डूसँग सहकार्य गरेको जनाइएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

विभिन्न मुलुकमा सफल देखिएको यो राइड सेयरिङ अहिलेलाई काठमाडौं उपत्यकाभित्र सञ्चालन गरिएको छ । यांगोमा राइड सेयरिङ प्रयोगकर्ताले सजिलो तरिकाले सस्तो दरमा ट्याक्सी बुक गर्न सक्ने कम्पनीको दाबी छ । साथै खानादेखि किराना सामानसम्मको डेलिभरी गर्न सकिने छ भने प्याकिङ गरेका साना सामानको पनि ओसार पसार गर्न सकिने छ ।

रूसबाट शुरू भएको यो सेवा ३० भन्दा बढी देशमा सञ्चालनमा रहेको बताइएको छ। यो कम्पनीले ३ प्रतिशत मात्रै कमिसन लिने जनाएको छ । आगामी तीन वर्षसम्म यही कमिशन कायम रहने छ । कम्पनीले शुरुमा बोनस दिने छ । प्रत्येक ट्रिपको ट्याक्सी चालकलाई १०० र बाइक चालकलाई ३५/४० रुपैयाँ बोनस दिने जनाइएको छ । बोडल चालक र यात्रु दुवैलाई रहेको छ ।

मोटर साइकल राइड ४० र ट्याक्सी न्यूनतम १८० रुपैयाँबाट पाइने छ । अन्य राइड सेयरिङ भन्दा यो सस्तो हुने बताइएको छ । यसमा फिक्स्ड रेट हनेछ । यो प्रयोग गर्ने उपभोक्ता र ड्राइभर दुवैलाई फाइदा हुनेछ । पछिल्लो समय नेपालमा राइड सेयरिङ सेवा निकै विस्तार हुँदै गएको छ । नेपालमा विभिन्न कम्पनीले दिँदै आएको सेवामा अहिले रूसी प्रविधि कम्पनी यांगो नेपालमा भित्रिएको छ । यो सेवा प्रयोगकर्ताले भुक्तानी गर्दा नगदै वा डिजिटल पनि गर्न सक्नेछन् ।

नेपालमा डिजिटल भुक्तानीको परम्परा निकै बढ्दै गएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा डिजिटल भुक्तानीलाई प्राथमिकता दिएको छ ।

आगामी आवको बजेटले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न समाशोधनगृहको सेवामा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ । यसले पनि राइड सेयरिङ प्रयोगकर्तालाई झनै उत्साहित बनाएको छ । सरकारको यो नीतिले राइड सेयरिङ प्रयोगकर्तालाई भुक्तानीमा केही सस्तो बनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्