Skip to content
Prabhu

यामाहा नेपालले ल्यायो एमटी-१५ भर्सन २ किन्ने ग्राहकलाई अफर

काठमाडौं । यामाहा नेपालले एमटी-१५ भर्सन २ किन्न चाहने ग्राहकलाई लक्षित गर्दै टाइम अफर सार्वजनिक गरेको छ ।

अबदेखि नयाँ एमटी-१५ भर्सन २ किन्ने प्रत्येक ग्राहकले उपहारस्वरूप एक प्रिमियम राइडिङ ज्याकेट पाउनेछन् । जेठ १८ गतेदेखि सुरु भएको यो अफर नेपालभरिका सबै अधिकृत यामाहा शोरूमहरूमा उपलब्ध हुनेछ।

अर्घाखाँची सिमेन्ट
Hyundai

नगद वा सजिलो किस्ताबन्दी योजनामा बाइक किन्ने प्रत्येक नेपाली ग्राहकले ‘कवच’ ब्रान्डसँगको सहकार्यमा तयार गरिएको गुणस्तरीय र प्रिमियम राइडिङ ज्याकेट प्राप्त गर्नेछन् । अत्याधुनिक डिजाइन, टिकाउपन र सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको यो ज्याकेट केवल फेसनका लागि मात्र नभई सुरक्षित र आत्मविश्वासका साथ यात्रा गर्नका लागि महत्वपूर्ण कदम भएको जनाइएको छ ।

यो अफर एमटी-१५ भर्सन २ का निलो र सेतो रंगहरूमा मात्र लागू हुनेछ । एमएडब्ल्यु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले एमटी-१५ भर्सन २ स्टाइल, पावर र प्रिसिजन प्रतीक भएको बताए । नयाँ पुस्ताका नेपाली राइडरहरूसँग मेल खाने बताए ।

एमएडब्ल्यू राइड्स अन्तर्गत सञ्चालित यामाहा उन्नत प्रविधियुक्त दुईपांग्रे ब्रान्ड हो । जापानी इन्जिनियरिङको उत्कृष्टता, भरपर्दो प्रदर्शन र प्रयोगकर्ता केन्द्रित इनोभेसनका आधारमा नेपालको मोटरसाइकल क्षेत्रलाई निरन्तर नेतृत्व गर्दै अगाडि बढाइरहेको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्