काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ ।
कारोबारको सुरुदेखि नै घट्न थालेको बजार अन्तिम समयसम्म पनि सुधार भएन । बजार मापन गर्ने सूचक ३५.७३ अंकले घटेर परिसूचक २६५८.९३ बिन्दु कायम भएको छ ।
३१५ कम्पनीको १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार ३२४ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको घटेको छ ।कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएका छन् ।
मंगलबारको कारोबारमा पियोर इनर्जी, ओम मेगाश्री फर्मास्यूटिकल्सको मूल्यका साकारात्मक सर्किट लागेको छ ।
यस्तै उपकार लघुवित्त, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यस्तै सप्तकोशी डेभलपमेन्ट बैंक, बाराही हाइड्रोपावर, प्राइम बैंक, लक्ष्मी सनराइज बैंकका लगानीकर्ताले गुमाएका छन् ।







प्रतिक्रिया दिनुहोस्