Skip to content
Prabhu

पतन्जलीको जग्गामा भ्रष्टाचारः तत्कालीन सनराइज बैंकका सीईओसहित उच्च पदस्थ कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा तत्कालीन सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित उच्च पदस्थ कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले बैंकका सीईओ किशोर कुमार महर्जन, सहायक महाप्रबन्धक नीता प्रधान, जोखिम विभागका अधिकृत सुजित पोखरेल, शाखा प्रबन्धक राजीब सापकोटा, अधिकृत ममता पराजुलीविरुद्ध मुद्दा दायर गरेको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यस्तै बैंकमा उप–प्रबन्धक मनोज न्यौपाने, जुनियर म्यानेजमेन्ट ट्रेनी एशु मैनाली, वरिष्ठ सहायक विक्रान्त कोइराला, प्रमुख व्यवस्थापक रविन कुमार नेपाल, सहायक महाप्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभागका प्रमुख संजयकुमार सिद्धी, अनुपालन विभागमा कार्यरत सुनिल रत्न स्थापित र नायब महाप्रबन्धक बलराम विष्टलाई मुद्दा दायर गरेको छ ।

उक्त जग्गा प्रकरणमा सीईओसहित ५ जनाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ को मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसूर गरेको आयोगको ठहर छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम मुख्य कसूरदारहरुलाई हुने सजायलाई आधारमानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसूरदारलाई हुने सजाय सरह सजायको मागदावी लिइएको जनाएको छ ।

मालपोत कार्यालय काभ्रेपलाञ्चोकबाट पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालको नाममा रहेको जफत तथा सरकारी सार्वजनिक कायम हुने प्रकृतिको हदभन्दा बढीको जग्गासमेत धितो लिखत पारित गरी गराई तत्कालिन सनराइज बैंकबाट ऋण प्रवाह गरे गराएको पाइएको छ

गुठी संस्थान, शाखा कार्यालय काभ्रेपलाञ्चोकले जग्गाधनी गुठी संस्थान हिटीचोक सदावर्त गुठी र मोही पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको नाममा भएको हदभन्दा बढी जग्गाहरुको धितो बन्धक राजिनामा पारित समेत गर्न सहमति प्रदान गरी गलत लिखत तयार गरी बैंकलाई पत्राचार गरेको देखिएको छ ।

उक्त जग्गाहरु भूमि सम्बन्धी ऐन, २०२१ को दफा ७ र दफा ८ बमोजिमको हदभन्दा बढी भएको र सोही ऐनको दफा ११ बमोजिम जफत गर्नुपर्ने प्रकृतिको भएको देखिँदा उक्त हदबन्दीभन्दा बढी जफत तथा सरकारी सार्वजनिक कायम हुने जग्गा बदनियत राखी प्रतिवादीहरुले आफूलाई लाभ तथा सरकारलाई हानी पुर्‍याउने गरी गलत लिखत तयार गरी बैँकबाट ऋण प्रवाह गर्न गराउन दृष्टिबन्धक लिखत तयार गरेको पाइएको छ ।

लिखत मालपोत कार्यालय काभ्रेपलाञ्चोकबाट बैंकको नाममा धितो लिखत पारित गरी गराई सोहीबमोजिम ऋण प्रवाह गरे गराएको तथ्य स्थापित भएको छ ।

पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाल, उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंह, सनराइज बैंकका कर्मचारीहरु र सरकारी सार्वजनिक पदधारण गरेकासमेत व्यक्तिहरुले आपसी मिलोमतो तथा योजनामा आफूसमेतलाई लाभ र सरकाररसार्वजनिक संस्थालाई हानी पुर्‍याउने बदनियतले हदभन्दा बढी जग्गा बैंकको नाममा धितो लिखत पारीत गरेको पाइएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्