Skip to content

ट्रम्पको कर वृद्धिसँगै अप्रिलमा अमेरिकी व्यापार घाटा ५५.५ प्रतिशतले घट्यो

nabil bank
TOPSHOT - US President Donald Trump speaks during an announcement about the Golden Dome missile defense shield, in the Oval Office of the White House on May 20, 2025, in Washington, DC. (Photo by Jim WATSON / AFP)

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी कर वृद्धिसँगै आयातमा आएको गिरावटका कारण अमेरिकी व्यापार घाटा अप्रिलमा आधाभन्दा बढीले घटेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।

ट्रम्पले लगभग सबै व्यापारिक साझेदारहरूमाथि १० प्रतिशत कर लगाउने घोषणा गरेकै महिना विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भनिने अमेरिकाले ६१.६ अर्ब डलरको व्यापार घाटा बेहोरेको थियो। मार्चको तुलनामा यो घाटा ५५.५ प्रतिशतले घटेको वाणिज्य विभागले जनाएको छ ।

व्यवसायहरूले ट्रम्पको प्रतिज्ञा गरिएको कर कार्यान्वयनमा आउनु पहिले विदेशी वस्तुको आयातमा व्यापक लगानी गरेपछि मार्चमा समग्र अमेरिकी व्यापार घाटा १३८.३ अर्ब डलर पुगेको थियो । अमेरिकी सहयोगी र प्रतिस्पर्धीहरूमाथि समान रूपमा १० प्रतिशत आधारभूत कर लगाएपछि अप्रिलमा आयात १६.३ प्रतिशतले घटेर ३५१ अर्ब डलरमा झरेको छ ।

आधारभूत १० प्रतिशत करबाहेक ट्रम्पले चीन, युरोपेली सङ्घ र जापानसहितका दर्जनौं अर्थतन्त्रमा उच्च कर दरको घोषणा पनि गर्नुभएको थियो यद्यपि, ती दर व्यापार वार्ताका लागि ठाउँ दिने शर्तमा जुलाईको सुरुसम्म लागू नहुने सहमति ती मुलुकले गरेका छन् ।

विश्वका दुई ठूला अर्थतन्त्रले एकअर्काको उत्पादनमा दुवै पक्षको कर तीन अङ्कमा पु¥याएपछि चीनबाट आउने सामान ट्रम्पको सबैभन्दा ठूलो निशाना बनेको थियो ।

अमेरिका र चीनबीच स्थितिलाई कम गर्न अस्थायी सम्झौतामा पुग्नुअघि चीनबाट धेरै ढुवानीहरू रोकिएको थियो । तत्कालका लागि सबैका आँखा ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको फोन वार्तामा केन्द्रित छन् । उनीहरूबीच बिहीबार नै फोन वार्ता भएको छ । फोनवार्ताले विवादको दीर्घकालीन समाधान खोज्न मद्दत गर्न सक्ने आशा गरिएको छ ।

ट्रम्पले गत हप्ता बेइजिङले आफ्नो अस्थायी सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाएपछि दुई देशबीचको व्यापार सम्झौताको अवस्था अनिश्चित छ । गत अप्रिलमा अमेरिकी आयात १६.३ प्रतिशतले घटेर ३५१ अर्ब डलरमा झरेको थियो ।

विशेष गरी उपभोग्य वस्तुहरूको आयात ३३ अर्ब डलरले घटेको तथ्याङ्कले देखाएको छ। अमेरिकी निर्यात तीन प्रतिशतले बढेर २८९.४ अर्ब डलर पुगेको छ, जसले औद्योगिक आपूर्तिजस्ता वस्तुनिर्यातलाई सहयोग गरेको छ तर अमेरिकी अटो तथा पार्टपुर्जाको निर्यात ३.३ अर्ब डलरले घटेको छ ।

ट्रम्पले हालैका महिनाहरूमा घोषणा गरेको कर विभिन्न देशहरूलाई लक्षित गरी व्यापक शुल्कहरू बाहेक, व्यवसायहरूले क्षेत्र–विशिष्ट शुल्कहरूको साथ पनि प्रतिस्पर्धा गरिरहेका छन् । मार्च र अप्रिलमा राष्ट्रपति ट्रम्पले स्टिल, आल्मुनियम र कारको आयातमा २५ प्रतिशत कर लगाउनुभएको छ भने उनले यस महिना दुबैमा कर दोब्बर पारिएको घोषणा गरेका छन् ।

सरकारी तथ्याङ्कअनुसार अप्रिलको समग्र अमेरिकी घाटा सन् २०२३ को सुरुदेखि अहिलेसम्मकै सबैभन्दा कम हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi