काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य भने ७५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
शुक्रबार चाँदी भने तोलामा ७५ रुपैयाँले बढेर प्रतितोला २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको हो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।












प्रतिक्रिया दिनुहोस्