काठमाडौं । शिखर इन्स्योरेन्सले प्रिमियम संकलनमा रेकर्ड बनाएको छ ।
शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष पूरा नहुँदै प्रिमियम संकलनमा नयाँ रेकर्ड बनाएको हो ।
कम्पनीले ५ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेको छ । शिखर इन्स्योरेन्स निर्जीवन बीमा कम्पनीमा धेरैजसो सूचकमा पहिलो स्थानमा रहेको छ ।
प्रिमियम संकलनमा पछिल्लो वर्षमा शिखरले पहिलो स्थान कायम गरेको छ ।






प्रतिक्रिया दिनुहोस्