काठमाडौं । एससीटी–यूपीआई कार्डका ग्राहकले आईएमई हस्पिटालिटीका होटलहरूमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटीं) र आईएमई हस्पिटालिटीबीच एससीटी–यूपीआई कार्डका ग्राहकलाई ग्रुप अन्तर्गतका होटलमा १५ प्रतिशतसम्म छुट हुने सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार १ जुनदेखि ३१ डिसेम्बर २०२५ सम्म लाजिम्पाटस्थित होटल ले हिमालय र साके एन्ड फेंग तथा पोखरास्थित लेकसाइड रिट्रिटमा एससीटी–यूपीआई कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरे फुड एन्ड बेभेरेज बिल तथा कोठा महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन् । कोठा महसुलमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुने जनाइएको छ ।
एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ । यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।
एससीटी–यूपीआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी–यूपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सकिने साे कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्