Skip to content
Prabhu

आपतमा सन लाइफको राहत, ‘सन मेडिकेयर’ योजनामा बढ्दै आकर्षण

काठमाडौं । जब रोगले ढोका ढकढक्याउँछ, उपचार बाहेक अर्को विकल्प हुँदैन । रोग लागेपछि उपचारका लागि जाने भनेको अस्पताल नै हो ।

यस्तो बेलामा आर्थिक बोझले निकै सताउँछ । यस्ता चुनौतीलाई सहज बनाउन, केही बीमा कम्पनीहरुले विभिन्न योजना ल्याएका छन् । तर, तीमध्ये सन नेपाल लाइफले पहिलोपटक विभिन्न सुविधासहितको सन मेडिकेयर योजना ल्याएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यो पोलिसी लिनेले उपचार गर्दा अस्पतालमा लागेको खर्च कागजातभन्दा पनि अस्पताल बसाईको आधारमा दाबी भुक्तानी प्रदान गर्ने छ । यो पोलिसी लिने बिमितलाई आकस्मिक स्वास्थ्य समस्या आउँनासाथ छिटो, भरपर्दो र झन्झटरहित बीमा सेवा पाउने कम्पनीले जनाएको छ ।

धेरैवटा बीमा कम्पनीहरुले धेरै किसिमका बीमा योजनाहरु संचालन गरि रहेका छन्। यस्तो बेला बिमितहरुलाई कुन बीमा योजना कस्तो हो भन्ने किसिमका जिज्ञासा हुने गर्छन । त्यस्तो जिज्ञासा मेटाउन सन नेपाल लाइफले ‘सन मेडिकेयर’ योजना ल्याएको छ । जसमा नविन बीमा सुविधा रहेको र त्यसले आकस्मिक स्वास्थ्य समस्याबाट हुने खर्चको तत्काल राहत प्रदान गर्ने जनाएको छ ।

दुर्घटना होस् या गम्भीर रोग, अस्पताल भर्ना हुँदा खर्चिनुपर्ने औषधी उपचारमा १ लाख रुपैयाँसम्मको बीमा सुरक्षा प्रदान गर्ने जनाएको छ । जसका कारण उक्त बीमा योजनामा बिमितहरुको आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ ।

सन मेडिकेयर आपतकालीन अवस्थामा औषधी उपचार गर्न सहज होस् भन्ने हेतुले सन लाइफले सुरु गरेको योजना नेपालमा पहिलोपटक सुरु भएको कम्पनीको दाबी छ । सन मेडिकेयरले विभिन्न १४ वटा रोग तथा आपतकालीन अवस्थालाई कभर गर्ने जनाएको छ ।

जसमा दुर्घटना, एपेन्डिसाइटिस, प्यान्क्रियाटाइटिस, हृदयाघात, विद्युतीय तथा अन्य जलन, डुबान, विषाक्तता, आन्द्रामा रगत बग्ने, कीरा-सर्प टोकाइ, तापघात, मस्तिष्कमा चोट, गर्भाशय बाहिरको गर्भ, मानसिक स्वास्थ्य संकट, घाउमा संक्रमण भएमा यो सेवा पाइने छ ।

यो पोलिसी लिनेले अस्पतालमा शल्यक्रिया गर्दा पहिलो २ दिन प्रतिदिन बिमाङ्क रकमको २५ प्रतिशतसम्म तथा त्यसपछिका ५ दिन प्रतिदिन बिमाङ्क रकमको १० प्रतिशत रकम पाइने कम्पनीले जनाएको छ । सोही कारण पनि यस्तो बीमामा नागरिकहरुको आकर्षण बढेको कम्पनीले जनाएको छ ।

यस्तै शल्यक्रिया नगरी अस्पतालमा भर्ना १० दिनसम्म, प्रतिदिन १० प्रतिशतका दरले राहत दिने कम्पनीले जनाएको छ । आपतकालिन अवस्थामा आर्थिक चिन्ता कम गर्न सन मेडिकेयर आबद्ध हुँदा सुरक्षाको सुनिश्चित गर्दै आफ्नो लागि र परिवारको लागि रक्षावरण हुने सन नेपाल लाइफले जनाएको छ ।

जीवन अनिश्चित हुँदा वित्तीय सुरक्षा सुनिश्चित गर्नु आजको आवश्यकता बनेको छ । आकस्मिक स्वास्थ्य समस्या र अस्पताल भर्नाका चुनौतीलाई सहज बनाउन सन नेपाल लाइफले ल्याएको ‘सन मेडिकेयर’ योजना, नेपालमै पहिलोपटक अस्पताल बसाईको आधारमा दाबी भुक्तानी प्रदान गर्ने बीमा सुविधा भएको जनाएको छ ।

आपतकालीन अवस्थामा आर्थिक राहत र मनोबल दिन सक्ने यस्ता योजनाहरु आमनागरिकका लागि अत्यन्त उपयोगी विकल्प बनेको जनाइएको छ । समयमै सोचेर यस्तो योजना रोज्नु सुरक्षित भविष्यतर्फको जिम्मेवार कदम हुने कम्पनीको दाबी छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्