काठमाडौं । विभिन्न मुलुकबाट सुन, साँदी र हीरा आयात गरी व्यवसाय गर्दै आएका व्यवसायीहरु संगठित भएका छन् ।
उनीहरुले व्यवसायीहरुले गोल्ड एण्ड सिल्भर इम्पोर्टस् एशोसिएसनको नामक संस्था खोलेका छन् ।
उनीहरुले व्यवसायीको हकमा कम्तिमा एक सय ग्रामसम्म सुन आयात गर्न पाउने व्यवस्था गर्न राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।
अन्तरर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएकाले १ किलोग्राम आयात गर्न लगानी जुटाउन असहज भएकाले कम्तिमा सय ग्राम ल्याउन पाउने व्यवस्थाको माग गरेका छन् ।
एशोसिएसनले आगामी आर्थिक बर्षका लागि सरकारले ल्याएको बजेटको विषयमा ध्यानाकर्षण गराएका छन् ।
एशोसिएसनले आयातकर्ता व्यवसायीको भावना विपरित चाँदीतर्फ आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गरेको गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्