काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले नेपालमा रेमिट्यान्स भित्र्याउनको लागि आइएमई लिमिटेड महत्वपूर्ण योगदान गरेको बताएका छन् ।
आइएमई लिमिटेडद्वारा आयोजित २५ औँ वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर पौडेलले रेमिट्यान्स भित्र्याउन र हुण्डीबाट हुने कारोबार रोक्न आइएमई लिमिटेडले महत्त्वपूर्ण काम गरेको बताए हुन् ।
यसैगरी, गभर्नर डा.पौडेलले उद्यमीहरूको विकासका लागि पनि काम गर्ने जानकारी दिएका छन् । उनले उद्यमीहरुको पुँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्ने बताएका हुन्।
प्रतिक्रिया दिनुहोस्