Skip to content

कोशी प्रदेशको बजेट यथार्थपरक र सन्तुलित छ : मन्त्री मगर

मोरङ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको बजेट यथार्थपरक र सन्तुलित रहेको बताएका छन् ।

कोशी प्रदेश सरकारले आइतबार प्रदेशसभामा पेस गरेको बजेटबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले कृषि, स्वास्थ्य, सडक पूर्वाधार, सिँचाइ तथा ऊर्जा, सवारी अनुमतिपत्र, विपद् व्यवस्थापनलगायत क्षेत्रमा नयाँ–नयाँ कार्यक्रम ल्याइएको बताए।

उनले २०८२ पर्यटन वर्षका रूपमा रहेको र हालसालै भएको लगानी सम्मेलनमा निजी क्षेत्रको उत्साहलाई मध्यनजर गरी उद्योग स्थापना, रुग्ण उद्योगलाई पुनर्जीवन र पर्यटन प्रबर्द्धनलाई सहयोग पुग्ने गरी प्रदेशले संकलन गर्ने राजस्वमा विभिन्न खाले छुटको व्यवस्था गरिएको जानकारी दिए।

मन्त्री मगरले आगामी वर्षमा प्रदेश सरकारले प्रस्ताव गरेको सुधारबाट आन्तरिक राजस्व वृद्धि भई रु. पाँच अर्ब ५० करोड पुग्ने अनुमान रहेको बताए। बजेटले प्रस्ताव गरेको कार्यक्रम तथा सुधारबाट प्रदेशको विकासमा सहयोग पुग्ने विश्वास लिइएको बताए ।

प्रदेश सरकारले आइतबार प्रदेशसभामा आगामी वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । बजेटमा प्रदेश सरकारको आन्तरिक राजस्वबाट पाँच अर्ब ५० करोड रुपैयाँ, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख रुपैयाँ, संघबाट वित्तीय समानीकरण अनुदानबाट आठ अर्ब ९८ करोड ३४ लाख रुपैयाँ, ससर्त अनुदानबाट चार अर्ब ५७ करोड १० लाख रुपैयाँ, समपूरक अनुदानबाट ३९ करोड १७ लाख र विशेष अनुदानबाट ५५ करोड ७२ लाख रुपैयाँ गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट गरि ३२ अर्ब ७४ करोड ९९ लाख र रोयल्टीबाट प्राप्त हुने रकमबाट ३५ करोड छ लाख रुपैयाँ खर्च गरिने र बाँकी अपुग रकम तीन अर्ब १३ करोड रुपैयाँ नगद मौज्दातबाट व्यहोरिने उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi