Skip to content

प्रधानमन्त्री ओलीद्वारा सुन–चाँदी व्यवसायीलाई आश्वासन, माग पूरा गर्न लागि पर्छु

nabil
global ime

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीको सुन–चाँदी व्यवसायीको माग पूरा गर्ने आश्वसन दिएका छन् । उनले मंगलबार सुन–चाँदी व्यवसायीहरुलाई भेटेर सम्बन्धित मन्त्रालयसँग बुझने मिल्नेसम्मका माग पूरा गर्न लागि पर्ने बताए ।

ओलीले संवादबाट पनि समस्याको समाधान खोज्न लागि पर्ने उनले बताए । मंगलबार ओलीलाई सुन–चाँदी व्यवसायसँग सम्बन्धित संघ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनार, नेपाल सुन–चाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष सुमनमान ताम्राकारसहितको टोलीले उक्त करको व्यवस्था लागु गर्दा आफूहरुको व्यवसाय धरासयी हुने भएकाले पुनः विचार गर्न माग गरेको हो ।

संस्थाहरुले कर र भन्सारका दर छिमेकी भारतको भन्दा बढी हुँदा नेपाली व्यवसायले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले उक्त व्यवस्था कायम रहेमा आफूहरु आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima