Skip to content

सुक्खाबन्दरगाहबाट ११ महिनामा ४५ अर्ब ६१ करोड राजस्व संकलन

वीरगञ्ज । सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा ४५ अर्ब ६१ करोड ६८ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको ११ महिनामा राजस्व संकलन उत्साहजनक रहेको जानकारी दिए ।

उनले साउनमा ३ अर्ब ७५ करोड रुपैयाँ, भदौमा चार अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड, कात्तिकमा तीन अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। मङ्सिरमा तीन अर्ब २२ करोड रुपैयाँ, पुसमा तीन अर्ब ५६ करोड रुपैयाँ, माघमा चार अर्ब २९ करोड रुपैयाँ, फागुनमा चार अर्ब ६८ करोड र चैतमा चार अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन भएको बताए ।

वैशाखमा भने चार अर्ब ३४ करोड ५२ लाख ८९ हजार रुपैयाँ, जेठमा चार अर्ब ४३ करोड ५७ लाख ११ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयको चालु आवमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi