काठमडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से सूचक सामान्य घटेर बन्द भएको छ । बुधबार सेयर बजार मापक नेप्से सूचक १.०७ अंक घटेर २६५३.६८ विन्दुमा झरको छ। आज सेन्सेटिभ इण्डेक्स ०.०१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक घटेको छ ।
बुधबार सेयर बजार सामान्य घटेको भए तापनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन साढे ७ अर्ब रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको बजारमा आज ३१४ स्टकको ७८ हजार १३ पटकको कारोबारमा ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार रुपैयाँबराबरको २ करोड ३४ लाख ४६ हजार कित्ता सेयर खरिद बिक्री भएको छ।
आज १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ । यसैगरी, आज ८ उपसमूहको परिसूचक घटेको छ । आज जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएका विकास बैंक र होटल तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
बुधबार पियोर इनर्जीको सेयर निरन्तर १२ औं कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सो कम्पनीको सेयरमूल्य १०९ रुपैयाँ ७० पैसा बढेर १ हजार २०७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।
यसैगरी, आज जोशी हाइड्रोपावरको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने युनियन हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ७१ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज सिंगटी हाइड्रो इनर्जीको करिब ६२ करोडको सेयर खरिद बिक्री भएको छ भने बुटवल पावर कम्पनीको ४५ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।
प्रतिक्रिया दिनुहोस्