Skip to content

आईपीओ निष्कासनमा झनै कठोर बन्यो सेबोनः नेटवर्थ सय बढी हुनुपर्ने, दुई बर्ष नाफामा गएको हुनुपर्ने

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानी समूहका कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेका कम्पनीका लागि ८ वटा मापदण्ड ल्याएको छ ।

बोर्डबाट लगानी कम्पनीहरुलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्न अनुमति प्रदान गर्ने सम्बन्धमा भएको नीतिगत व्यवस्थालाई परिमार्जन गरी नयाँ व्यवस्था गरेको हो । जसमा संगठित संस्था लगानी कम्पनी कम्तिमा विगत तीन बर्ष संचालनमा रही पछिल्लो दुई आर्थिक बर्षमा मुनाफा गरेको हुनुपर्ने छ ।

संगठित संस्था लगानी कम्पनीको प्रति सेयर नेटवर्थ अंकित मूल्य भन्दा बढी भएको हुनुपर्ने छ । संगठित संस्था लगानी कम्पनीले उर्जा, यातायात, संचार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संगठित संस्थाको संस्थापक सेयर बाहेक अन्य धितोपत्र र प्राथमिक तथा दोस्रो बजार मार्फत धितोपत्र खरिद गर्न नसक्ने व्यवस्था गरेको छ ।

तर, योग्य संस्थागत लगानीकर्ताको रुपमा समेत कार्य गर्न बोर्डबाट अनुमति प्राप्त गरेको खण्डमा उर्जा, यातायात, संचार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संगठित संस्थाको बुक बिल्डिङ विधिमार्फत् हुने प्रारम्भिक सार्वजनिक निष्काशनमा मात्र योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्नेछन् ।

संगठित संस्था लगानी कम्पनी उर्जा, यातायात, संचार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खनन क्षेत्रको संगठित संस्थाको धितोपत्रमा मात्र लगानी गर्ने गरी स्थापना भएको हुनुपर्ने छ । संगठित संस्था लगानी कम्पनीले न्यूनतमभन्दा कम्तिमा एक स्तर माथिको क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनुपर्ने छ ।

संगठित संस्था लगानी कम्पनीको चुक्ता पूँजी कम्तिमा ५० करोड हुनुपर्ने, नेपाल सरकार संस्थापक भई स्थापना भएको संगठित संस्था वा उर्जा, यातायात,संचार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खनन क्षेत्रमा लगानी गर्ने उद्देश्य सहित स्थापना भएको संगठित संस्था लगानी कम्पनी हुनुपर्ने छ । वैदेशिक लगानीमा स्थापना भएका संगिठत संस्थाले बैदेशिक लगानी तथा प्रविधी हस्तान्तरण सम्बन्धी ऐनको प्रकृया पुरा गरेको हुनुपर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life