Skip to content

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

nabil bank

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ५०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले  बढेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३६७ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

 

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime