काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनासम्ममा नेपालसँग १२७ देश ब्यापार घाटामा रहेको छ ।
चालु आर्थिक वर्षको ११ महिनासम्ममा १२७ देशसँग १४ खर्ब ५ अर्ब ५४ करोड ४३ लाख ३२ हजार रुपैयाँ ब्यापार घाटामा रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको ११ महिनासम्म नेपालले ३७ देशबाट सामान आयातमात्र गर्छ । यी ३७ देशमा निर्यात शून्य छ । ३७ वटा देशहरुबाट नेपालले ८ अर्ब ३१ करोड ६८ लाख ५९ हजार रुपैयाँको सामान आयात गरेको छ ।
अमेरिका सामोआ, अन्डोरा, एन्टार्कटिका, अजरबैजान, बेलिज, बेनिन, क्यामरुन, क्रिसमस द्विप र अष्ट्रेलियासँग ब्यापार घाटामा रहेको छ । यसैगरी, डोमिनिका, डोमिनिकन गणराज्य, एल साल्भाडोर, गिनी, होली सी (भ्याटिकन) लिकटेन्स्टाइन, मार्शल द्वीपसमूह, माउरिटानिया, मोजाम्बिक, नामिबिया, निकारागुआ, नाइजर, मोल्दोभा गणराज्य, रुवाण्डा, सेनेगल, सर्बिया, सोमालिया, सुरिनाम, स्विट्जरल्याण्ड, पूर्वयुगोस्लाभ गणराज्य म्यासेडोनिया, टोगो, त्रिनिडाड र टोब्यागो, ट्युनिसिया, तुर्कमेनिस्तान, टक्र्स र काइकस द्वीपसमूह, भानुआतु, जिम्बाब्वे लगायतका मूकुल तथा राज्यहरुबाट आयातमात्र गर्ने गरेको छ । यी मुलुक तथा राज्यसँग पनि नेपाल ब्यापार घाटामा रहेको छ ।
नेपालले विभिन्न ११८ मुलुक तथा देशसँग दोहोरो ब्यापार गर्ने गरेको छ । जसमध्ये ८९ देशसँग नेपाल ब्यापार घाटामा रहेको छ । ७९ देशसँग चालु आर्थिक वर्षको ११ महिनासम्म आउँदा नेपाल १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख ७३ हजार रुपैयाँ बराबर ब्यापार घाटामा रहेको छ ।
यो अवधिमा सबैभन्दा धेरै ब्यापारघाटा भारतसँग रहेको छ । यो अवधिमा मुलुकको ब्यापारघाटा भारतसँग ७ खर्ब ७६ अर्ब २३ करोड ९९ लाख ५० हजार रुपैयाँ रहेको छ । यस अवधिमा मुलुकले भारतबाट ९ खर्ब ७७ अर्ब १३ करोड ८० लाख ९९ हजा रुपैयाँ बराबरको आयात गरेर २ अर्ब ८९ करोड ८१ लाख ४८ हजार रुपैयाँमात्र निर्यात गरेको छ ।
नेपालको चीनसँग ३ खर्ब १२ अर्ब ९ करोड ३९ लाख ७३ हजार रुपैयाँ बराबरको ब्यापार घाटा रहेको छ । चीनबाट मुलुकले ३ खर्ब १४ अर्ब ५७ करोड ५६ लाख ९७ हजार रुपैयाँ बराबरको वस्तु आयात गर्दा २ अर्ब ४८ करोड १७ लाख २४ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछन ।
यसैगरी, मुलुक २९ वटा देशसँग ब्यापार फाइदा रहेको छ । मुलुक २९ वटा देशसँग १ अर्ब २६ करोड १७ लाख २७ हजार रुपैयाँ ब्यापार फाइदामा रहेको छ । यी २९ देशबाट नेपालले ९४ करोड ३० लाख २७ हजार रुपैयाँ बराबरको बस्तु आयात गर्छ भने २ अर्ब २० करोड ४७ लाख ५४ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । यता नेपालको सात देशमा निर्यातमात्र गर्ने गरेको छ । मुलुकले एंगाेला, अरुबा, केम्यान द्वीपसमूह, चाड, फिजी, लिबियन अरेब जमाहिरिया र यमन लगायतका देशमा निर्यातमात्र गर्ने गरेको छ ।






प्रतिक्रिया दिनुहोस्