Skip to content

राष्ट्र बैंकको खुकुलो नीतिलाई लगानीकर्ताले गरेनन् विश्वास, सेयर बजारमा कहिले आउला उत्साह ?

nabil bank

काठमाडौं । सेयर बजार नेपाल राष्ट्र बैंकको सम्बन्ध सधैं मजबुत रहन्छ । राष्ट्र बैंकले लिने नीतिले सेयर बजारलाई प्रभावित पर्ने गर्छ । तर, अहिले भने त्यो देखिन छोडेको छ ।

सोमबार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै केही व्यवस्था सहज गरेको थियो । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले कडाइ गरेको क्षेत्रमा डा. विश्वनाथ अधिकारीले खुकुलो बनाउँदै जाँदा बजार बढ्ने अपेक्षा रहेको थियो आज त्यो पुरा हुन सकेको छैन ।

सोमबार राष्ट्र बैंकले बैंकर र व्यवसायीलाई सहयोग पुग्ने गरी चालु पुँजी कर्जा मार्गदर्शनको अवधि १ वर्ष थप गरेका छन् । यसले बैंकको नाफामा सुधार ल्याउने अपेक्षा रहेको छ । राष्ट्र बैंकले गरेको यो व्यवस्थाले बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ता निरास बनेका छन् ।

बजार मापन गर्ने सूचक ०.२२ अंकले घटेर परिसूचक २६०० बिन्दु कायम भएको छ। ३१६ कम्पनीको १ करोड ३८ लाख १८ हजार ५५९ कित्ता सेयर ५ अर्ब ७६ करोड ७८ लाख ५० हजार रुपैयाँ सेयर कारोबार भएको छ ।

कारोबारमा बैंक, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको उपसूचक बढेको छ भने बाँकीको घटेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime