काठमाडौं । ललितपुर महानगरपालिकाले विद्युतीय सवारी साधन प्रयोग गर्ने ललितपुरका बासीन्दालाई सम्पति करमा ५ प्रतिशतसम्म छुट दिने भएको छ ।
महानगरले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत आफ्ना जिल्लाबासीलाई उक्त सुबिधा दिने जनाएको छ ।
ममहानगरले विश्व सम्पदा क्षेत्रभित्रको भवन सम्पदा क्षेत्रभित्र भवन सम्पदा नियम पालना गरी निमार्ण गरिएका घरहरुको सम्पति कर मिनाहा गर्ने जनाएको छ ।
महानगरले आर्थिक वर्ष २०८२/२०८३ का लागि सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँको बजेट ल्याएको छ ।
यस महानगरले चालु खर्च तर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार र पुँजीगत तर्फ ४ अर्ब ६७ करोड ९४ लाख र २३ हजार विनियोजन गरिएको छ । नगरलाई समृद्धि र शुसासन सम्पदा र संस्कृति संरक्षण, दिगो पूर्वाधार, हरियाली प्रबद्र्धन , पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा, घर स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगार लगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिएको छ ।






प्रतिक्रिया दिनुहोस्