काठमाडौं । लेखा समितिको कारण विभिन्न २३ वटा कम्पनीको साधारण सेयर (आईपीओ) प्रभावित भएको छ । जसमा जलविद्युत कम्पनी ७ वटा, होटल ५ वटा र प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न लागेका ११ वटा कम्पनीको सेयर निष्कासन स्थगन गरिएको छ ।
धितोपत्र बोर्डका अनुसार लेखा समितिले २०८० पुस १३ गते दिएको निर्देशनले २३ कम्पनीको आईपीओ निष्कासन रोकिएको हो ।लेखा समितिले आईपीओमा जान लागेका कम्पनीको नेटवर्थ ९० वा सोभन्दा कम भएको सेयर निष्कासन गर्न नदिनु भनेको थियो । समितिको निर्देशनका कारण रिचेत जलविद्युत कम्पनीको सेयर निष्कासन सार्वजनिक लेखा समितिले २०८० पुस १३ गते देखिएको निर्देशनअनुसार अघि नबढेको हो ।
आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण भएको रिपोर्टअनुसार कम्पनीको नेटवर्थ ९० भएको भन्दै नयाँ नेटवर्थ अपडेट गराउनुभन्दै फागुन ९ गते पत्र काटेको छ । बेनी हाइड्रो पावर कम्पनीले पनि लेखा समितिको निर्देशनका कारण आईपीओ अनुमति पाएको छैन । फागुन ९ गते पत्र काट्दै हाल नेटवर्थ ९० रहेकाले लेखापरीक्षण भएको आव २०८०/८१ को रिपोर्टअनुसार विवरण पठाउन पत्र काटेको छ ।
टक्सार पिखुवाखोला हाइड्रो पावर कम्पनीको आईपीओ पनि लेखा समितिको निर्देशनले रोकिएको छ । नेटवर्थ ९० रुपैयाँभन्दा कम रहेकाले फागुन ९ गते पत्र काट्दै पछिल्लो नेटवर्थ अपडेट गराउन भनेको छ । ९० भन्दा कम नेटवर्थ भएको लाफिङ बुद्ध पावर कम्पनीको आईपीओ पनि लेखा समितिको कारण रोकिएको छ। यस्तै बुङ्गल हाइड्रो पावर कम्पनीले निर्माण गरेको आयोजना सम्पन्न भएको बोर्डले जनाएको छ । केही समयमा यो कम्पनी आईपीओमा जाने भएको छ ।
लेखा समितिको कारण सानिगढ हाइड्रोले पनि आईपीओ निष्कासन गर्न सकेको छैन । यो कम्पनीको नेटवर्थ ९० भन्दा कम रहेको बोर्डले जनाएको छ । युनिक हाइडेल कम्पनीको आईपीओ लेखा समितिको निर्देशनका कारण रोकिएको हो । कम्पनीको नेटवर्थ ९० भन्दा कम रहेको भन्दै वैशाख १५ गते पत्र काटेर नयाँ नेटवर्थ अपडेट गराउन बोर्डले निर्देशन दिएको छ । लेखा समितिले तोकेअनुसार नेटवर्थ नभएको पौवा खोला वान हाइड्रोपावर कम्पनीको आईपीओ रोकिएको छ । यसको नेटवर्थ ९० रुपैयाँभन्दा कम छ ।
यस्तै होटल समूह तर्फका एपेक्स होटलको नेटवर्थ ९० रुपैयाँभन्दा कम छ । आर्चिड होल्डिङ, अन्नपूर्ण केवलकार, अकामा होटल, होटल, ठमेल प्लाजा होटल एण्ड स्विट्सलेको पनि नेटवर्थ ९० रुपैयाँ भन्दा कम रहेको बोर्डले जनाएको छ ।
यी कम्पनीले लेखा समितिको निर्देशनका कारण आईपीओ निष्कासन गर्न पाएका छैनन् ।
यस्तै प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न लागेका ११ वटा कम्पनीको सेयर पनि लेखा समितिको कारण रोकिएको छ । यस्ता कम्पनीमा जगदम्बा स्टिल, सेन्चुरी इनर्जी, ह्याम्स अस्पताल, सौर्य सिमेन्ट, कैलाश हेलिकप्टर, छायादेवी कम्प्लेक्स, रिद्धिसिद्धि सिमेन्ट, अम्बे स्टिल, मारुती सिमेन्ट, नुम्बुर हिमालयन हाइड्रोपावर, शिवम होल्डिङ्स रहेका छन् ।
लेखा समितिको उक्त निर्देशन पछि धितोपत्र बोर्डले आईपीओ निष्कासन स्थगन प्राय गरेको छ । लेखा समितिले कानूनमा नै नभएको ९० नेटवर्थ भन्ने व्यवस्था राखेर सेयर निष्कासनमा रोक लगाएको भन्दै सरकारी निकाय, निजी क्षेत्र रुष्ट बनेका छन्।
यता अर्थ समितिसमेत लेखासमितिसँग रुष्ट बनेको छ । लेखाले कानुनमा नभएको व्यवस्था गरेर आईपीओ राखेकेको भन्दै अर्थ समितिको लेखाको निर्देशन नमानी आईपीओ निष्कासन गर्न बोर्डलाई निर्देशन दिएको छ । अहिले लेखा र अर्थ समितिको विवाद सुरु भएको छ ।
बोर्डका पदाधिकारी भने संसदीय समितिलाई अटेर गर्न नहुने बताउँदै आएका छन् ।समितिलको अधिकारीहरुले लेखा समितिका सभापति र सांसदहरुलाई राखेर यसका विषयमा जानकारी गराउने र समितिको निर्देशन मान्ने तयारीमा रहेको जनाएका छन् ।
लेखा समितिले २०८० पुस १२ गते गरेको निर्णय






प्रतिक्रिया दिनुहोस्