काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ४४ तोला सुनका गहना रहेको जनाएका छन् । हिराका गहना १५ लाखको रहेको छ ।
यस्तै, ललितपुर महानगरपालिका–४ भैसेंपाटीमा श्रीमती प्रतिभाको नाममा ५ आना २ दाम जग्गामा घर रहेको छ । उक्त घर १ करोड ५५ लाख रुपैयाँमा खरीद गरेको जनाएका छन् ।
यस्तै, अर्को घरजग्गा नवलपरासीको गैंडाकोटमा छ । त्यसको मूल्य ६० लाख रहेको जनाइएको छ । घर पैत्रिक सम्पत्ति र स्वआर्जनबाट खरिद गरेको उनको भनाइ छ । दुवै घर शर्माको नाममा छ । पौडेल र शर्माको नाममा सानिमा बैंकमा डलर खाता रहेको छ । पौडेलको खातामा ६६.७८ अमेरिकी डलर छ । पत्नी शर्माको खातामा ४४ सय ४६.५८ डलर रहेको छ ।
पौडेलको नाममा सानिमा बैंकको खातामा १३ लाख २३ हजार १९२, नेपाल इन्भेष्टमेन्ट मेगामा २ लाख ५९ हजार ३४४ र शर्माको नाममा सानिमा बैंकमा १२ हजार ५४७ रुपैयाँ र प्रभु बैंकमा ४ लाख ७३ हजार ८२२ रुपैयाँ रहेको छ । शर्माको नाममा ४४ लाख रुपैयाँमा खरिद गरेको सुजुकी कार रहेको छ ।






प्रतिक्रिया दिनुहोस्