काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार सेयर बजारमा आफ्नो र पत्नीको नाममा १४ करोड रुपैयाँभन्दा बढीको सेयर लगानी रहेको छ ।
गभर्नर पौडेल र उनको श्रीमती प्रतिभा पौडेलको नाममा विभिन्न कम्पनीमा सेयर रहेको छ । सानिमा बैंकमा २ करोड ४४ लाख १७ हजार ६०० रुपैयाँको २ लाख ४४ हजार १७६ कित्ता प्रवर्धक सेयर रहेको छ ।
सानिमा माइ हाइड्रोपावरमा ९२ लाख ५७ हजार ९०० रुपैयाँको ९२ हजार ५७९ कित्ता, सानिमा मिडल तमोर हाइड्रोमा १ करोड ८८ लाख रुपैयाँको एक लाख ८८ हजार कित्ता, ग्लोबेको प्रालिमा १ लाख ८६ हजार ८३४ कित्ता सेयर पौडेल र श्रीमती प्रतिभा शर्माको नाममा ७५ हजार कित्ता सेयर छ ।
यस्तै संयुक्त हाइड्रोपावरमा ५ लाख कित्ता, चितवन इनर्जी लिमिटेडमा २ लाख ५० हजार कित्ता सेयर छ । उनीसँग १५ लाख ३६ हजार ५८९ कित्ता सेयर रहेकोसम्पत्ति विवरणमा उल्लेख छ ।






प्रतिक्रिया दिनुहोस्