बिर्तामोड । एसएमएल इसुजु सवारीसाधनहरूको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले झापाको बिर्तामोडमा भव्य रूपमा ग्राहक भेटघाट कार्यक्रम २०२५ सम्पन्न गरेको छ ।
लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एसएमएल इसुजुका बस तथा ट्रकहरूको सेल्स, सर्भीस् र स्पेयर पाट्र्स एकै ठाँउमा उपलब्ध गराउँदै आएको छ।
नेपाली भूबनोट तथा बजारमा लोकप्रिय तथा प्रभावकारी मानिने एसएमएल इसुजुका सवारी साधनहरू विगत लामो समयदेखि लोकप्रिय रहँदै आएको छ । नेपालको सन्दर्भमा विशेषगरी स्कुल बस सेग्मेन्टमा यस ब्रान्डले लामो समयदेखि अग्रणी स्थान कायम राख्न सफल भएको छ ।
साे कार्यक्रममा १५० भन्दा बढी विभिन्न क्षेत्रका उद्यमिहरु सहभागी भएका थिए । कार्यक्रमको सुरुवातमा लक्ष्मी ग्रुप र एसएमएल इसुजुको कम्पनी विवरण प्रस्तुत गरिएको थियो। त्यसपछि लक्ष्मी कमर्सियल भेहिकल्सका बस इन्चार्ज रामहरी थपलियाले एसएमएल इसुजु सवारीसाधनहरूको प्रविधिक विशेषता र क्षमताबारे जानकारी गराए।
सेल्स तथा आफ्टर सेल्स हेड सञ्जय खड्काले कम्पनीको सेवा विस्तार र ग्राहक सन्तुष्टिमा केन्द्रित रहँदै, ग्राहकहरूप्रति सदैव प्रतिबद्ध रहेको बताए । उनले ग्राहक सुझावहरूलाई उच्च प्राथमिकतामा राखी आगामी दिनमा अझ उत्कृष्ट सेवा पुऱ्याउने प्रतिबद्धता जनाए।
ग्राहक सन्तुष्टि र दीर्घकालीन साझेदारीको उद्देश्यले आयोजित यस कार्यक्रमले झापा क्षेत्रको सन्दर्भमा एसएमएल इसुजु ब्रान्डप्रति विश्वास अझ सुदृढ भएको कम्पनीले जनाएको छ। भविष्यमा पनि यस्ता ग्राहकमुखी कार्यक्रममार्फत ग्राहकहरूलाई एसएमएल इसुजुको गुणस्तर, सेवा र बिक्रीपछिको सेवाका बारेमा जानकारी गराइँदै जाने लक्ष्मी कमर्सियल भेहिकल्सको योजना रहेको छ ।







प्रतिक्रिया दिनुहोस्