Skip to content

सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नै विकास हाइड्रोपावर

nabil bank

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनी पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेको छ । अब भने असार १८ गतेबाट असार २२ गतेसम्म आवेदन दिन सकिने छ ।
उक्न अवधिमा माग अुनसार आवेदन नपरेको खण्डमा असार ३२ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले ४४ लाख ५४ हजार ५९६ कित्ता निष्कासन गर्न लागेकोमा ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीय, ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ७० हजार ९१० कित्ता सेयर कम्पनीका कर्मचारी र १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट गरिसकिएको छ ।

सर्वसाधारणलाई २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओमा १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आईपीओमा सी आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime