काठमाडौं । सेयर बजार स्थिर बनेको छ । बजार मापन गर्ने सूचक ०.३३ अंकले घटेर परिसूचक २६०० बिन्दु कायम भएको छ ।
३११ कम्पनीको १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता सेयर ५ अर्ब ९४ करोड २८ लाख ५२ हजार २५६ रुपैयाँमा किनबेच भएको छ । कारोबारमा विकास बैंक, होटल, जलविद्युत, जीवन, निर्जीबन बीमा समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।
कारोबारमा ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ । कारोबारमा मोदी इनर्जी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै तेह्रथुम पावर, पन्चकन्या माई हाइड्रो, त्रिशूली जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने जोशी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, दोर्दीखोला जलविद्युत कम्पनी, सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।






प्रतिक्रिया दिनुहोस्