काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा दुई हजार ९०० रुपैयाँले घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य घटेर १ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँ रहेको थियो ।
यता, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर २१ सय ६५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको भाउ प्रतितोला २१ सय ७५ रुपैयाँ रहेको थियो ।






प्रतिक्रिया दिनुहोस्