काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र बीमा प्राधिकरण डुबाउने तिर जाने लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
आज प्रतिनिधि सभा अन्तर्गत अर्थ समिति बैठकमा उनले उक्त चिन्ता जाहेर गर्दै यस्ता संस्था कसैको कब्जामा जान नहुने बताए ।
‘राजीतिक रुप पंगु, भ्रष्ट, निकम्मा छँदै थियो । अब आर्थिक संस्था पनि कब्जामा गए’ उनले भने ‘जताततै कुशासन छ ।’ आर्थिक क्षेत्र निरपेक्ष रुपमा अलिकति जोगाइएको थियो, अब त्यो पनि गएको उनको भनाइ छ ।
‘अब यो गयो पोलिसि लबिङ, करप्सन, क्याप्चर जुन देखिराखेको छ’ उनले भने, ‘विभिन्न संस्थाहरुमा यसलाई कसरी सिल्ड गर्ने, फर्दर कसरी सिल्ड गर्ने ? यसमा प्रुडेन्सियल रेगुलेशन देखी लिएर लेजिष्लेटिभ कभर पनि हुनुपर्छ भन्ने मलाई लागेको छ ।’
राष्ट्र बैंक, बीमा प्राधिकरण, धितोपत्र बोर्ड विज्ञहरुले चलाउने भन्ने हो भन्दा भन्दै, हेर्दाहेर्दै यो डुबाउने दिशातर्फ लगिएको दाबी गरे । यसलाई सिल्ड कसरी गर्ने ? भन्नेमा ध्यान दिनु पर्ने उनको भनाई छ ।






प्रतिक्रिया दिनुहोस्