Skip to content

तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

nabil bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित ३ जनाविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ।

आयोगका अनुसार अधिकारीले घुसरिसवत लिएर अवैध रूपमा प्राप्त रकमलाई विभिन्न बैंक खातामार्फत लुकाईछिपाई सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।

अनुसन्धानका क्रममा एचके इन्टरप्राइजेज प्रालिको राजस्व चुहावटसम्बन्धी छानबिन तथा अन्य कसुरबाट जोगाइदिने भन्दै उक्त कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठबाट झलकराम अधिकारीले ७० लाख रुपैयाँ घुस लिएको खुलेको आयोगले जनाएको छ।

प्राप्त घुस रकम अधिकारीले विकास चापागाईं, देवेन्द्र केसी र रविन्द्र लामिछानेसहितको मिलेमतोमा विभिन्न बैंक तथा वित्तीय संस्थाका खातामार्फत जम्मा गरी तहिकरण गरिएको अनुसन्धानबाट देखिएको छ।

उक्त रकम ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंक लगायतका बैंक खातामार्फत जम्मा गरी रकमको स्वरूप परिवर्तन गरिएको आयोगको दाबी छ।

यसरी शुद्धीकरण गरिएको रकमबाट भक्तपुरको ठिमी नगरपालिकास्थित दिव्यश्वरी आयोजनाभित्र रहेको कित्ता नम्बर ९९८ को १६४.१४ वर्गमिटर क्षेत्रफलको जग्गा खरिद गरिएको तथा देवेन्द्र केसीसमेत सञ्चालक रहेको ‘द कुटी रिसोर्ट’को कर्जा भुक्तानीमा समेत प्रयोग गरिएको तथ्य फेला परेको आयोगले जनाएको छ।

आयोगले घुस लिने, त्यसलाई विभिन्न खातामार्फत तहिकरण गरी सम्पत्ति शुद्धीकरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi