काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को ११ महिनामा सेयर बजारमा जाने कर्जा ४२.८ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म सेयर धितो (मार्जिन लोन) ४२.८ प्रतिशत बढेको हो ।
चालु आर्थिक वर्षको ११ महिनामा सेयर धितोकर्जामा ३८ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी भएको छ । यस अवधिसम्म सेयर धितोकर्जामा १ खर्ब २८ अर्ब ६७ करोड १० लाख रुपैयाँ बराबरको कर्जा लगानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
जेठ मसान्तसम्म सबैभन्दा धेरै सेयर धितो कर्जा १ करोड रुपैयाँभन्दा माथिको भएको छ । यस अवधिमा १ करोड माथिको सेयर धितो कर्जा ५८.१ प्रतिशतले बढेको छ । ११ महिनामा यस क्षेत्रमा ३२ अर्ब ४९ करोड ४ लाख रुपैयाँ कर्जा लगानी भएको छ । समग्रमा यस्तो कर्जा लगानी ८८ अर्ब ४२ करोड ७ लाख रुपैयाँ लगानी भएको छ।
यसैगरी, अस अवधिसम्म ५० लाखदेखि एक करोड रुपैयाँसम्मको कर्जा २३.१ प्रतिशतले बढेको छ । यस्तो खालको कर्जा यस अवधिसम्म २ अर्ब ८७ करोड २६ लाख रुपैयाँ लगानी भएको छ । समग्रमा यस्तो कर्जा लगानी १५ अर्ब ३० करोड रुपैयाँ बराबर रहेको छ।
यसैगरी, चालु आवको ११ महिनासम्म २५ लाखदेखि ५० लाखसम्मको कर्जा लगानी १७ प्रतिशत बढेको छ । यस अवधिसम्म यस्तो सेयर धितोकर्जा लगानी २ अर्ब ४५ करोड २० लाख रुपैयाँ भएको छ । समग्रमा यस्तो कर्जा लगानी १६ अर्ब ८७ करोड ५० लाख रुपैयाँ रहेको छ।
यस अवधिमा २५ लाखभन्दा सानो सेयर धितोकर्जा लगानी १०.४ प्रतिशत बढेको छ । २५ लाखभन्दा कमको सेयर धितोकर्जा चालु आवको ११ महिनामा ७६ करोड २८ लाख रुपैयाँ लगानी भएको छ । समग्रमा यस्तो खालको कर्जा लगानी ८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ लगानी भएको छ ।






प्रतिक्रिया दिनुहोस्