Skip to content

रसुवामा बाढीको वितण्डा, टिमुरे भन्सार क्षेत्र अधिकांश ध्वस्त (फोटोफिचर)

nabil bank

काठमाडौं । मंगलबार बिहान असार २३ गते रसुवामा एक्कासी आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

चीनतर्फबाट आएको बाढीले गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा टिमुरे भन्सार क्षेत्र ध्वस्त भएको छ ।

नेपाल प्रहरीका अनुसार रसुवामा गएको बाढीमा परेका मध्ये ९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन् ।

दुई प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । यस्तै ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

बाढीमा परेकाको उद्धारका लागि ३८३ जना प्रहरी टोली परिचालन गरिएको थियो । बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ ।

स्याफ्रुबेसी देखि टिमुरे जाने सडकसमेत पूर्ण रुपमा अवरुद्ध भएको छ ।रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ ।

तस्बिरहरुः प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime