Skip to content

आइपुग्यो त्रिवि क्रिकेट मैदानको फ्लडलाइट टावर, ४३ करोड ७७ लाख लाग्ने (फोटोफिचर)

nabil bank

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान स्तरोन्नतिको काम धमाधम भइरहेको छ । यसै क्रममा फ्लडलाइटको टावर काठमाडौं आइपुगेका छन् ।

अहिले ती पोलहरू रंगशाला बाहिर नै राखिएको छ । रात्रिकालीन खेलका लागि आवश्यक पर्ने फ्लडलाइटका पोल भारतबाट ल्याइएको हो । यी टावर बुधबार बिहान काठमाडौं आइपुगेका हुन् । भारतको उत्तर प्रदेशबाट ९ दिन लगाएर उक्त फ्लडलाइट टावर काठमाडौं ल्याइएको हो।

अब धमाधम जडानको काम हुनेछ । ४३ करोड ७७ लाख ३० हजार एक सय १३ रुपैयाँको लगानीमा बिकेओआई(केसीडिसी(बीजी जेभीले मैदानको प्यारापिट र फ्लडलाइट जडान गर्न लागेको हो।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime