Skip to content

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व संकलन

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८० दशमलव ४३ प्रतिशत हो ।

कार्यालयका प्रमुख करअधिकृत गोपालबहादुर थापाका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म रु तीन अर्ब ३६ करोड ४१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । फागुनमा मात्र रु ४४ करोड ५० लाख ८३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ५७ दशमलव १७ प्रतिशत मात्र सङ्कलन भएको उहाँले जानकारी दिए।

कार्यालयका अनुसार आठ महिनामा आयकरबाट रु एक अर्ब २४ करोड ८२ लाख ४४ हजार, मूल्य अभिवृद्धि करबाट रु ९७ करोड ३२ लाख १८ हजार तथा अन्तःशुल्कबाट रु ३६ करोड ७० लाख ५३ हजार राजस्व संकलन भएको छ ।

प्रमुख करअधिकृत थापाले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण पछिल्लो समय बजार अनुगमनलगायत गतिविधि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताए। लक्ष्य हासिल गर्न बजार अनुगमनलाई निरन्तरता दिने र करदातामुखी व्यवहारिक करशिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima