Skip to content

काठमाडौंको बौद्धमा आगलागी: एक जनाको मृत्यु

nabil bank

काठमाडौं । काठमाडौंको बौद्धमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।

बिहीबार अपराह्न ४ बजेतिर काठमाडौं महानगरपालिका–६ चेमजुङ गल्लीमा रहेको साढे तीन तले घरको भुइँ तलामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

मृतकको नाम खुलिसकेको छैन । मृतक शारीरिक रुपमा अशक्त रहेको र कोठामा आगलागी भएपछि जलेर मृत्यु भएको बोहराले बताए । उनका अनुसार, घटनाबारे थप बुझ्ने काम भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime