Skip to content

जारी भयाे निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि, ९० वर्षमाथिका नागरिकलाई परिचयपत्र अनिवार्य नगरिने

काठमाडौं । अर्थ मन्त्रालयले निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि २०८२ जारी गरेको छ । निवृत्तभरण भुक्तानी व्यवस्थालाई सरल, सहज एवं पारदर्शी बनाउन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले कार्यविधि बनाएको हो ।

कार्यविधिमा निवृत्तभरण खाताको स्थापना, खाता सक्रियता, नवीकरण प्रक्रिया, रकम भुक्तानी तथा अनियमितता भएका रकमको असुल उपरसम्बन्धी स्पष्ट प्रावधानहरू उल्लेख गरिएका छन्। कार्यविधिअनुसार किताबखानाबाट जारी भएको अधिकारपत्रको आधारमा निवृत्तभरणले इच्छाएको बैंकमा निवृत्तभरण भुक्तानी खाता खोल्न सक्ने छन्।

यसको लागि निवृत्तभरण व्यवस्थापन कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयले अनुसूची–१ को ढाँचामा बैंकलाई पत्राचार गर्नुपर्ने छ। बैंकले राष्ट्रिय परिचयपत्र र आवश्यक कागजातको आधारमा शून्य मौज्दातमा खाता खोल्नुपर्ने छ।

बालबालिका, अशक्त, असहाय, नव्बे वर्ष नाघेका व्यक्तिहरू तथा भारतीय निवृत्तभरणका हकमा भने राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने व्यवस्था गरिएको छ। पारिवारिक निवृत्तभरणका लागि खाता खोल्दा निवृत्तभरणको पुरानो खाता बन्द गर्न लेखी पठाउनुपर्ने छ। यस्ता खाताबाट रकम झिक्नबाहेक अन्य कारोवार गर्न नपाइने व्यवस्था गरिएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi