Skip to content

गत आर्थिक वर्ष २०८१/८२ जुम्लामा पुँजीगत खर्च ६८ प्रतिशत मात्र

nabil
global ime

जुम्ला । जुम्लाको विकासका लागि संघीय सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरेको कुल बजेटमध्ये ६७ दशमलव ९१ प्रतिशत मात्र खर्च भएको छ ।

पुँजीगततर्फ तीन अर्ब पाँच करोड ११ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएकामा दुई अर्ब आठ करोड १९ लाख ८५ हजार रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका प्रमुख मीनबहादुर घर्तीमगरले जानकारी दिए।

यहाँका आठवटा स्थानीय तहसहित जिल्लाका ३६ वटा संघीय सरकारका मातहतका कार्यालयका लागि चालु र पुँजीगतका लागि जम्मा बजेट ८ अर्ब ६३ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

चालुतर्फ पाँच अर्ब ५९ करोड ४९ लाख रुपैयाँ बजेटमध्ये ५ अर्ब २८ करोड ८१ लाख रुपैयाँ अर्थात् ९४ दशमलव ९६ प्रतिशत बजेट चालुतर्फको खर्च भएको छ ।

पुँजीगततर्फ तीन अर्ब पाँच करोड ११ लाख २७ हजार रुपैयाँ विनियोजन बजेटमध्ये दुई अर्ब आठ करोड १९ लाख ८५ हजार रुपैयाँ अर्थात् ६७ दशमलव ९१ प्रतिशत मात्र खर्च भएको छ ।

कूल बजेटको चालु र पुँजीगत गरी सात अर्ब ३७ करोड एक लाख २५ हजार अर्थात् ८५ दशमलब २३ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका प्रमुख घर्तीमगरले बताए। कुल बजेटको एक अर्ब २७ करोड ५९ लाख १७ हजार रुपैयाँ विकास बजेट खर्च नभएर फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ ।

सङ्घीय सरकारले जिल्लाको विकासका लागि विनियोजन गरेको बजेटमध्ये सबैभन्दा बढी सघन सहरी तथा भवन आयोजना जुम्लाको बजेट धेरै फ्रिज भएको छ । उक्त कार्यालयलाई विनियोजित पुँजीगत बजेटतर्फ एक अर्ब ६३ करोड ७२ लाख ६४ हजारमध्ये ९० करोड ३८ लाख सात हजार अर्थात् ५४ दशमलव ६४ प्रतिशत मात्र खर्च भएको छ ।

उक्त कार्यालयको पुँजीगततर्फ जुन बजेट खर्च हुन नसक्दा ७५ करोड दुई लाख ६९ हजार बजेट खर्च फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ । सडक डिभिजन कार्यालयका लागि पुँजीगततर्फ ७१ करोड ५५ लाख रुपैयाँ बजेटमध्ये ५६ करोड ३२ लाख १२ हजार रुपैयाँ अर्थात् ७८ दशमलव ७२ प्रतिशत बजेट खर्च भएको छ । १५ करोड ४२ लाख ६३ हजार रुपैयाँ बजेट पुँजीगत तर्फको खर्च नभएर फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T