काठमाडौं । बढीपहिरोका कारण मुलुकका ६ राजमार्ग पूर्ण रूपमा अवरोध भएका छन् ।
नेपाल प्रहरीका अनुसार संखुवासभाको भोटखोला गाँउपालीका–४ बरूण कोशी राजमार्ग पूर्ण रूपमा अवरोध भएको छ । यस्तै पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र सोही स्थानको हिलिहाँङ गाँउपालिका–७ स्थित मेची राजमार्ग, सोही जिल्लाको तुम्वेवा गाउँपालिका–२ स्थित तमोर कोरिडोर सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ ।
प्रहरीका अनुसार नवलपरासी पूर्ण गैडाकोट नगरपालिका–३ को तरङखोला स्थित कालिगण्डकी करीडोर, रोल्पा जिल्लाको थबाङ गाउँपालिका वडा–१, २ सहिद राजमार्ग पूर्ण रूपमा अवरोध भएको छ । यस्तै रुकुम पश्चिम अठबिसकोट नगरपालिका–६ रिजिगार स्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ ।
यस्तै एकतर्फी रूपमा काठमाडौंको काठमाडौं–नुवाकोट सडक खण्ड, बागलुङ जिल्लाको मध्यपहाडी लोकमार्ग, सोही जिल्लाको कालिगण्डकी करीडोर, रोल्पा जिल्लाको सहित राजमार्गका विभिन्न दुई स्थानका सडक एकतर्फी सुचारू सञ्चालन भएका छन् ।






प्रतिक्रिया दिनुहोस्