Skip to content

सुनको भाउ स्थिर, चाँदीकाे बढ्यो

काठमाडौं । सोमबार सुनको भाउ स्थिर छ भने चाँदी बढेको छ।

आइतबार प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यता आइतबार प्रतितोला दुई हजार दुई सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला दुई हजार दुई सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi