मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर लामाले पार्टीको संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।
प्रदेशसभामा आज भएको मतविभाजनमा उनको पक्षमा १५ जना र प्रदेशसभा सदस्य इन्द्र बानियाँका पक्षमा २२ जनाले समर्थन जनाएका छन् । योसँगै मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ ।
उनीविरुद्ध यही गत शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा ३७ जना प्रदेशसभा सदस्य छन् ।






प्रतिक्रिया दिनुहोस्