काठमाडौं । बुधबार राष्ट्रियसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने कसैलाई पनि नछोडिने बताएका छन् ।
प्रधानमन्त्री आलीले आज राष्ट्रियसभामा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदनमाथिको छलफलको जवाफ दिने क्रममा उनले नसोची सरकार भ्रष्टाचारको पर्याय भएको आरोप लगाउने गरिएको बताए ।
‘फ्याट झुक्किएर मान्छेले के भन्छ भने सरकार भ्रष्टाचारको पर्याय भएको छ । एक दुई भ्रष्टाचारीलाई कारबाही गरिदिएपछि देख्यौ त भ्रष्टाचार गरेको रहेछ नि ऊ ! कारबाही गरेपछि भ्रष्टाचार भएको छलंगै देखियो त । कारबाही नगरेको राम्रो ?,’ उनले भने ।
सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको जिकिर गरे । ‘कसैले गर्यो भने कारबाही हुन्छ । कसैलाई पनि छोडिन्न,’ उनले भने ।
बुधबार सभामा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथिको छलफल पूरै सुने । त्यसपछि जवाफ दिन रोष्ट्रम पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाका सदस्यहरूको प्रशंसा गरेका हुन् ।






प्रतिक्रिया दिनुहोस्