काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मुल्य घटाएको छ भने डिजल र हवाई इन्धनको मुल्य बढाएको छ ।
निगमले आज राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य परिवर्तन गरेको जनाएको छ ।
जस अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटेको निगमले जानकारी दिएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको निगमले जानकारी दिएको छ ।
निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ०.८७ रुपैयाँ घटेर आएको र डिजलमा ३.५ रुपैयाँ बढेर आएको जानकारी दिएको छ ।
मुल्य घटेपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १५९ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १५० भएको निगमले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्