Skip to content

खानेपानी उपभोक्तालाई १ करोड २९ लाख विद्युत् महसुलमा अनुदान

nabil bank

तनहुँ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट तनहुँ र नवलपुरका १२९ खानेपानी उपभोक्ता समितिलाई विद्युत् महसुलमा अनुदान दिएको छ ।

आर्थिक वर्ष २०८०/२०८१ को जेठदेखि २०८१/२०८२ वैशाखसम्म खानेपानी उपभोक्ता समितिलाई  एक करोड २९ लाख ६७ हजार रुपैयाँ रकम वितरण गरेको कार्यालय प्रमुख शम्भुराज खनालले जानकारी दिए । गत वर्षको जेठ र असारको भुक्तानी भने चालु आवमा दिइने उनले बताए ।

गत वर्षदेखि उपभोक्तालाई सहुलियत दरमा खानेपानी उपलब्ध गराउने उद्देश्यले महसुलमा अनुदानको व्यवस्था गरिएको कार्यालय प्रमुख खनालले बताए । २५ हजार रुपैयाँ सम्मको विद्युत् महसुलमा पूरै र सोभन्दा माथि प्रतिशतका आधारमा भुक्तानी गर्ने गरिएको उनले बताए ।

यहाँ २५ हजारदेखि ४० हजार रुपैयाँसम्म ७५ प्रतिशत, ४० हजारदेखि ६० हजार रुपैयाँसम्म ५०, ६० हजारदेखि ८० हजार रुपैयाँसम्म २५ र ८० हजारदेखि एक लाख रुपैयाँसम्मको महसुलमा १० प्रतिशतका दरले भुक्तानी दिने गरिएको छ ।

‘उपभोक्ताले भुक्तानीका लागि विद्युत् महसुलको सक्कली बिल र जरिवाना नतिरेको हुनुपर्ने छ’, उनले भने, ‘छ/छ महिनामा उपभोक्ता समितिबाट निर्णय गरी वडा कार्यालयबाट अनुदानका लागि सिफारिस पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime