Skip to content

समयमा काम नगर्ने शैलुङ कन्स्ट्रक्सनसहित ११ कम्पनी कालो सूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा काम नगर्ने शैलुङ कन्स्ट्रक्सनसहित ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । उस कार्यालयले सोमबार सूचना जारी गर्दै विभिन्न निकायले पठाएका सिफारिसका आधारमा ती कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।

कालोसूचीमा पर्नेहरुमा कञ्चनपुरको राखी कन्स्ट्रक्सन, रोल्पाको जलजला मल्टी बिजनेस कन्स्ट्रक्सन, नेपालगञ्जको शिवम् कन्स्ट्रक्सन, काठमाडौंको जगदम्बा कन्स्ट्रक्सन, क्वालिटी इन्द्रावती कन्स्ट्रक्सन, सप्तकोशी जलाधार निर्माण कम्पनी, आशिभ निर्माण सेवा, ललितपुरको शैलुङ कन्स्ट्रक्सन, रुकुमको अमर हर्क दीपक कन्स्ट्रक्सनन र बर्दियाको सदाशिव कन्स्ट्रक्सन छन् । कारबाहीमा पर्नेमा भारतीय कम्पनी आरावली इन्फ्रापावर लिमिटेड पनि छ ।

सडक विभागको सडक पूर्वाधार तथा विकास आयोजना निर्देशनालयको कारबाहीको सिफारिसमा परेका शैलुङ र आरावली दुई वर्षका लागि कालोसूचीमा परेका छन् । सप्तकोसी र सदाशिवलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ। अन्य कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima