Skip to content

बढी पहिरोका कारण ७ राजमार्ग पूर्ण रूपमा अवरुद्ध, १२ वटा एकतर्फी सञ्चालन

nabil bank

काठमाडौं । देशका विभिन्न स्थानमा आएको बढी पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।

केही राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । नेपाल प्रहरीका अनुसार संखुवासभा जिल्ला भोटेखोला गाँउपालीका–४ बरूण स्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तै रसुवा जिल्ला गोसाइकुण्ड गाँउपालिका–२ स्थित नेपाल र चीन नाका जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै सोही जिल्ला गोसाइकुण्ड गाँउपालिका–२,३ स्थित पासङल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तै सिन्धुपाल्चोक जिल्ला भोटेखोला गाँउपालिका–२ कोदारी स्थित अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै नवलपरासी जिल्ला विनयो त्रिवेणी गाँउपालिका–३ विश्वकर्मा मन्दिर पुर्व पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तै लमजुङ जिल्ला मध्य नेपाल नगरपालिका–९ बिमिरेभन्ज्याङ स्थित मध्य पहाडी लोकमार्ग पूर्णरूपमा भएको छ । यस्तै रूकुम पश्चिम जिल्ला अठबिसकोट नगरपालिका ६ रिजिगार स्थित जाजरकोट डोल्पा भेरी करिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तै तेहथुम जिल्ला लालीगुरास गाँउपालिका तिनधुरे स्थित मध्य पहाडी लोकमार्ग एकतर्फी सुचारू भएको छ । यस्तै रसुवा जिल्ला उत्तरगया गाँउपालिका–५ नौबिसे स्थित गल्छि त्रिशुलीदेखी मैलुङ स्याफ्रु जाने सडक एकतर्फी सुचारू भएको छ ।

यस्तै बागलुङ जिल्ला नगरपालिका १० दब्ल्याङ स्थित कालिगण्की करीडोर एकतर्फी सुचारू भएको छ । यस्तै सोही जिल्लाको काठेखोला गाँउपालिका–६ ताराखसे स्थित मध्य पहाडी लोकमार्ग एकतर्फी सुचारू भएको छ ।

यस्तै नवलपरासी जिल्ला गैडाकोट नगरपालिका–३ तरङखोला स्थित कालिगण्की करिडो एकतर्फी सुचारू भएको छ । मुस्ताङ जिल्ला थासाङ गाँउपालिका–४ घोप्टेभिर स्थित बेनि–जामसोम सडकखण्ड एकतर्फी सुचारू भएको छ । तँनहु जिल्ला बन्दपुर गाँउपालिका ४ चुनपहरा स्थित पृथ्वि राजमार्ग एकतर्फी सुचारू भएको छ ।

कास्की जिल्ला अन्नपूर्ण गाँउपालिका ६ काउरेबोट स्थित पोखरा बाग्लुङ सडकखण्ड एकतर्फी सुचारू भएको छ । गुद्मी जिल्ला रू रू गाँउपालिका ३ सल्लेरी स्थित रिडि तम्घास सडकखण्ड एकतर्फी सुचारू भएको छ यस्तै दाङ जिल्ला लमही नगरपालिका ९ जाली स्थित राप्री राजमार्ग एकतर्फी सुचारू भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime