Skip to content

अर्थ मन्त्रालयका ६८ उपसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । अर्थ मन्त्रालयले मातहतका विभिन्न ६८ जना उपसचिवको सरुवा गरेका छन् । हाल ठूला करदाता कार्यालयमा रहेका विमल सापकोटालाई अर्थ मन्त्रालय, मध्यमस्तरीय करदाता कार्यालयका जीवनाथ ज्ञवाली र हरिश्चन्द्र ढकाललाई अर्थ मन्त्रालय, भन्सार जाँचपास परीक्षण कार्यालयमा रहेका आशाकुमारी शाहलाई अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागमा रहेका विश्वबन्धु पौडेललाई अर्थमन्त्रालय यस्तै वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानालाई अर्थ मन्त्रालय तानिएकोे छ ।

हाल अर्थ मन्त्रालयमा रहेका गौरीशंकर उपाध्यायलाई आन्तरिक राजस्व कार्यालय कालिमाटी, त्रिवि स्थल भन्सार कार्यालयमा रहेका अर्जुन न्यौपानेलाई आन्तरिक राजस्व कार्यालय कोटेश्वर, कर्णाली प्रदेशमा रहेका प्रेमप्रकाश शाहीलाई आन्तरिक राजस्व कार्यालय गल्छी, अर्थ मन्त्रालयमा रहेका केशवकुमार उप्रेतीलाई आन्तरिक राजस्व कार्यालय बिराटनगरमा पठाइएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima