Skip to content

बैंकमा गरेको लगानीको प्रतिफल बढ्न थाल्यो: धेरै एभरेष्ट, एनआईसी एसियाको १ प्रतिशतभन्दा कम

nabil bank

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकहरुले सेयरधनीलाई दिने प्रतिफलमा सामान्य सुधार भएको छ ।

बैंकहरुले प्रकाशित गरेको असार मसान्तसम्मको वित्तीय अवस्थाअनुसार असार मसान्तसम्म बैंकको आरओई औसतमा २२.२८ प्रतिशतले बढेको छ । अघिल्लो आवको असार मसान्तसम्म बैंकको स्वपुँजीमा प्रतिफल (आरओई) ८.१५ प्रतिशत रहेको थियो । गत आवको सोही अवधिमा ९.९६ प्रतिशत पुगेको छ । यो अवधिमा सञ्चालनमा रहेका २० बैंकमध्ये १० वटा बैंकको बढेको छ भने १० वटा बैंकको घटेको छ ।

आरओई भनेको लगानीकर्ताले गरेको लगानी माथि बैंकले दिने प्रतिफल हो । त्यस्तो प्रतिफल अघिल्लो वर्षको तुलनामा बढेको छ । असार मसान्तसम्म सबैभन्दा बढी आरओई एभरेष्ट बैंकको १६.४४ प्रतिशत रहेको छ । यो अघिल्लो आवको सोही अवधिमा ६.९६ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा १५.३७ रहेको थियो ।

सबैभन्दा कम आरओई एनआईसी एसिया बैंकको ०.५५ प्रतिशत रहेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ७७.३७ प्रतिशतले घटेको छ । अघिल्लो आवको सोही अवधिमा २.४३ प्रतिशत रहेको थियो । बैंकहरुले प्रकाशित गरेको विवरणअनुसार दोहोरो अंकमा १२ बैंक र ८ वटा बैंकको आरओई ८ प्रतिशत रहेको छ ।

असार मसान्तसम्म प्रभु बैंकको आरओईमा निकै सुधार देखिएको छ । अघिल्लो आवको असार मसान्तमा १.५९ प्रतिशत रहेको आरओई गत आवको सोही अवधिमा ८६७.३० प्रतिशतले बढेर १५.३८ प्रतिशत पुगेको छ । यस्तै कृषि विकास बैंकको आरओई १२७.१५ प्रतिशतले बढेर १४.८१ प्रतिशत, माछापुर्च्छे बैंकको ७१.२३ प्रतिशतले बढेर ११.१३ प्रतिशत, एनएमबि बैंकको २६.९० प्रतिशतले बढेर १०.६६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४४.६१ प्रतिशतले घटेर १०.६० प्रतिशत नेपाल बैंकको आरओई अघिल्लो आवको असार मसान्तमा ०.०८ प्रतिशतबाट बढेर १०.२२ प्रतिशत रहेको छ भने हिमालयन बैंकको ५५.७१ प्रतिशतले बढेर ५.४५ प्रतिशत रहेको छ ।

यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकको २४.५९ प्रतिशतले घटेर १४.३२ प्रतिशत, प्राइम बैंकको ३.१७ प्रतिशतले घटेर १२.५१ प्रतिशत, सानिमा बैंकको ९.३५ प्रतिशतले घटेर ११.७३ प्रतिशत, नबिल बैंकको १.४४ प्रतिशतले घटेर ११.६४ प्रतिशत, सिद्धार्थ बैंकको ६.७३ प्रतिशतले घटेर ११.५० प्रतिशत रहेको छ । यस्तै ग्लोबल आइएमई बैंकको १३.४२ प्रतिशतले घटेर ९.६१ प्रतिशत, नेपाल एसबिआई बैंकको २१.३८ प्रतिशतले घटेर ९.०१ प्रतिशत, सिटिजन्स बैंकको १०.८९ प्रतिशतले घटेर ५.८१ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ५५.१४ प्रतिशतले घटेर २.४० प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको तुलनामा बैंकको आरओई बढेको भए पनि अझै पनि दोहोरो अंकमा भने पुग्न सकेको छैन । बैंकको आरओई घट्दै जाँदा बैंकिङ क्षेत्रबाट पुराना सेयरधनीहरुले हात झिक्न थालेका छन् । पछिल्ला केही वर्षयता बैंकका गरेको लगानीको प्रतिफल बढ्नुभन्दा पनि घट्दो क्रममा थियो । त्यसले गर्दा पनि बैंकिङ क्षेत्रका पुराना लगानीकर्तालाई निरास बनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime